विश्व स्कुल दुध दिवसको असरमा दुध पान कार्यक्रम आयोजना हुने भएको छ । नेपाल डेरी एसोसिएसनको आयोजनामा दिवसको अवसरमा असोज ८ गते बुधबार दुध पान कार्यक्रम आयोजना हुने भएको हो ।
उक्त कार्यक्रम सेन्ट जर्ज स्कुल, हाँडीगाउँमा आयोजना हुने एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार यो नेपालमा ११ औँ र विश्वमा २५ औँ विश्व स्कुल दुध दिवस हो । विज्ञप्तिमा दुध बहु उपयोगि पौष्टिक आहार भएको बताइएको छ । ‘दूध एक पूर्ण पौष्टिक आहार हो । जसमा प्रोटिन, क्याल्सियम, भिटामिन, खनिजलगायत शरीरलाई आवश्यक पर्ने प्रमुख पोषक तत्वहरू पाइन्छन् । यो विशेषगरी गाई, भैंसी, बाख्रा आदिबाट प्राप्त हुन्छ । मानव जीवनमा दूधको महत्वलाई गौण वा उपेक्षा गर्न सकिदैंन यसको उपयोगले मानव शरीरका हड्डी र दाँतको मजबुतीका लागि क्याल्सियम र फस्फोरसले प्रदान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै दूधले कार्बोहाइड्रेट र फ्याट प्रदान गर्छ, जसले शरीरलाई ताजा र ऊर्जावान राख्छ सहयोग पुग्ने बताइएको छ । ‘प्रतिरक्षा प्रणाली सुदृढ गर्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाई बालबालिकाहरुको शारीरिक वृद्धि र विकासका लागि बाल्यकाल अवस्थामा दूध सेवनले हड्डीको विकास र सम्पूर्ण शारीरिक वृद्धि तेज, बौद्धिक विकासमा सहयोग पु¥याई मस्तिष्कको विकासमा टेवा पु¥याउँछ । मानव जीवनको दीर्घकालीन स्वास्थ्यको आधार नियमित दूध सेवनले बालबालिकाको भविष्य निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा दुधको महत्वका बारेमा जानकारीका लागि विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाहरु सबैले बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा सचेतना फैलाएनका लागि यो विश्व स्कुल दुध दिवस एक महत्वपुर्ण अवसर हो,’ विज्ञप्तिमा भनिएको छ ।
विश्वमा कुनै पनि बालबालिकाहरूले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भत्रे उद्देश्यले सन् २००० देखि विश्व स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विश्वभर भव्यताका साथ मनाउने गरेको छ भने नेपालमा नेपाल डेरी एसोसिएसनको पहलमा वि.स.२०७२ साल देखि मनाउन शुरुवात गरेको हो । यस वर्ष विश्वमा २५औं र नेपालमा ११औं विश्व स्कुल दुध दिवस भव्यताका साथ मनाइने भएको छ । विगतका अवसरमा जस्तै नेपाल डेरी एसोसिएसनले शुरु गरेको विश्व विद्यालय दूध दिवसको अवसरमा “बालबालिकाको स्वास्थ्य तथा उज्जवल भविष्य, दैनिक दुध अनिवार्य/ Children's health and bright future require daily milk” भत्रे नाराका साथ काठमाडौं जिल्लास्थित सेन्ट जर्ज स्कुल, हाँडीगाउँमा “दुध पान कार्यक्रम” आयोजना गर्न लागिएको सहर्ष जानकारी गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
यस अवसरमा देशभरी नै नेपाल डेरी एसोसिएसनका प्रदेश तथा जिल्ला कार्यसमितिहरूको आयोजनामा विविध कार्यक्रमहरू आयोजन हुने भएको छ । हाम्रो देशको पछिल्लो तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा हाल ८५ लिटर मात्रै सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्रै भए पनि ९२ लिटर पु¥याउनु पर्ने अनिवार्यता देखिएकोले यस विषयमा हामी सबै सरोकारवाला पक्षहरु गम्भीर हुन आवश्यक देखिन्छ । यस अवसरमा बालबालिकाहरूलाई दुधको महत्व बारे बताउँदै अनिवार्य दुध सेवन गर्न प्रेरित गर्नुपर्छ । विद्यार्थीहरुलाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि विद्यालयका शिक्षकशिक्षिकाहरूका भुमिका महत्वपुर्ण हुने गर्दछ तसर्थ विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिनु जरुरी रहेको उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस