Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : स्थानीय वायुको प्रभाव, दुई प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, ०६ : ४९ मा प्रकाशित

आजको मौसम : स्थानीय वायुको प्रभाव, दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। 

बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको