Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीले बाहाना बनाएर अनावश्यक दुःख दिए उजुरी दिन कुलमानको आग्रह

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १६ : ३५ मा प्रकाशित

कर्मचारीले बाहाना बनाएर अनावश्यक दुःख दिए उजुरी दिन कुलमानको आग्रह

विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा अब सेवाग्राहीका गुनासोहरू प्रभावकारी रूपमा सम्बोधन गरिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा तिनका विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस र रिसवत माग्ने, अनावश्यक दुःख-हैरानी दिने र सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता समस्या भएमा सेवाग्राहीले गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको छ।

ऊर्जामन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग तथा आयोजनाका कार्यालयहरूमा यस्ता प्रकारका गुनासोहरू आएमा सेवाग्राहीलाई उजुरी गर्न आग्रह गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले आफूले सम्हालेको मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा सेवाग्राहीलाई हुने दुःख-हैरानीबारे खबर गराउन आग्रह गरेका छन्।

68d5206c62534.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको