Like us!
Follow us!
Connect us!
Watch us!

सडकबाटै हाम्रो पार्टीले सरकार चलाउँछ - कुलमान घिसिङ

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १४ : ३६ मा प्रकाशित

सडकबाटै हाम्रो पार्टीले सरकार चलाउँछ - कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीले सडकबाटै सरकार सञ्चालन गर्ने धारणा व्यक्त गरेको छ। बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष घिसिङले देशलाई समृद्धिको मार्गमा अघि बढाउन आफूहरूको पार्टीले सडकबाटै जनताको सरकारको रूपमा भूमिका निर्वाह गर्ने बताए।

राष्ट्रियताको संरक्षण र विद्यमान समस्याहरूको समाधान गर्दै मुलुकलाई सही दिशामा लैजान पार्टीले सशक्त भूमिका खेल्ने अध्यक्ष घिसिङको भनाइ थियो । साथै, सरकारलाई आवश्यक खबरदारी गर्ने प्रतिबद्धता पनि उनले जनाए।  घिसिङले पार्टीलाई जनताको घरदैलोसम्म पुर्‍याउने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा प्रभावशाली शक्तिको रूपमा स्थापित हुने दाबीसमेत गरे।

उनले भने,‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भूमिका हामीले निभाउनेछौं । यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खबरदारी गर्नेछौँ । राम्रा कुरालाई समर्थन गर्नेछौँ । नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौं। यो हाम्रो प्रतिबद्धता हो । अब उज्यालो नेपाल पार्टी पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामीले चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल गर्‍यौँ । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समीक्षा गर्‍यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको