Like us!
Follow us!
Connect us!
Watch us!

१८ वर्षे युवालाई मताधिकार, विदेशमै बसेर पनि मतदान सम्भव : प्रधानमन्त्रीको घोषणा

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १८ : २८ मा प्रकाशित

१८ वर्षे युवालाई मताधिकार, विदेशमै बसेर पनि मतदान सम्भव : प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री सुशिला कार्कीले जेन–जेड आन्दोलनका क्रममा भएको दुःखद घटनाप्रति संवेदना प्रकट गर्दै दोषीलाई कानुनी कारबाही गर्ने दृढता जाहेर गरेकी छन् । देशबासीका नाममा गरिएको सम्बोधनमा उनले आन्दोलनकै क्रममा ज्यान गुमाएका विद्यार्थी र युवाको बलिदानलाई न्याय दिलाउने आश्वासन दिइन् ।

उनले मुलुकलाई दीर्घकालीन निकास दिन स्वतन्त्र र निष्पक्ष निर्वाचन अपरिहार्य भएको भन्दै फागुन २१ भित्रै चुनाव सम्पन्न गर्ने तयारी सरकार अघि बढाइरहेको जानकारी दिइन् । निर्वाचनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार जुटिसकेको उनले उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले १८ वर्ष पुगेका सबै नागरिकलाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको प्रष्ट पारिन् । यससँगै मतदाता नामावली अद्यावधिक गर्ने कार्य पनि सुरु भइसकेको उनको भनाइ थियो ।

त्यस्तै, विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने सम्भावनाबारे छलफल भइरहेको उनले जानकारी दिँदै, “विदेशमा बस्ने नेपाली नागरिकलाई पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्ने वातावरण बनाउनेबारे गम्भीर बहस सुरु भएको छ,” भनिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको