Like us!
Follow us!
Connect us!
Watch us!

निजी घरको नगददेखि विगतका घोटालासम्म छानबिन : प्रधानमन्त्री कार्कीको प्रतिवद्धता (पूर्णपाठ)

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, २० : १३ मा प्रकाशित

निजी घरको नगददेखि विगतका घोटालासम्म छानबिन : प्रधानमन्त्री कार्कीको प्रतिवद्धता  (पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीले देशबासीलाई सम्बोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको माग अहिलेको सरकारको अधिकारक्षेत्र बाहिर रहेको स्पष्ट पारिन्। हाल जेन–जी आन्दोलनका केही समूहले प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउन दबाब दिइरहेका बेला प्रधानमन्त्री कार्कीले संवैधानिक प्रक्रियाबाट मात्रै यस्तो परिवर्तन सम्भव हुने बताइन्।

उनका अनुसार, वर्तमान सरकारको प्राथमिकता आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नै हो। कार्कीले भनिन्, “शासकीय संरचनामा परिवर्तन तत्कालीन सरकारको निर्णयले होइन, संविधानले तोकेको बाटो भएर मात्र हुन सक्छ।”

सम्बोधनमा उनले विगतका सरकारका पालामा भएका भ्रष्टाचार प्रकरणको कडाभাবে छानबिन हुने प्रतिबद्धता पनि जनाइन्। भदौ २४ गते जेन–जी आन्दोलनको नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएको नगद रकमबारे सरकारी निकायले छानबिन सुरु गरिसकेको उनले जानकारी दिइन्।

कार्कीले जनताको विश्वास कायम गर्न पारदर्शी शासन र सुशासनमा सरकार दृढ रहेको भन्दै पुनर्निर्माण र स्थिरता सुनिश्चित गर्दै आगामी निर्वाचनमा जनमत सुरक्षित गर्ने लक्ष्य राखिएको बताइन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको