Like us!
Follow us!
Connect us!
Watch us!

पहिलोपटक जेनजी र दलहरू एकै मञ्चमा! प्रधानमन्त्री कार्कीको आजको बैठकबाट के निस्केला?

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, ०८ : ४७ मा प्रकाशित

पहिलोपटक जेनजी र दलहरू एकै मञ्चमा! प्रधानमन्त्री कार्कीको आजको बैठकबाट के निस्केला?

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका तयारीलाई गति दिन सरकार, राजनीतिक दलहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक सरकारको पहलमा यस्तो औपचारिक संवाद हुन लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) अपराह्न ४ बजे हुने उक्त बैठकमा सरकारका पदाधिकारी, विघटित प्रतिनिधिसभामा रहेका दलका नेताहरू र जेनजी समूहका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, यो बैठक आगामी निर्वाचनलाई निष्पक्ष, सुरक्षित र सर्वसमावेशी बनाउनका लागि पहिलो कदम हो। उहाँले सरकारले राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध छलफललाई निरन्तरता दिइरहेको बताउनुभयो।

यसअघि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग पनि परामर्श गर्नुभएको थियो। सो अवसरमा दलहरूले निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए।

प्रधानमन्त्री कार्की हाल पनि जेनजी प्रतिनिधि र नागरिक समाजका विभिन्न पक्षसँग निरन्तर संवादमा रहनुभएको छ। सरकारका अनुसार, निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचनको प्राविधिक तयारी, प्रशासनिक संयोजन र सुरक्षासम्बन्धी गृहकार्यलाई तीव्र बनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको