नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय प्रमुखलाई दशैं–तिहारअघि शिक्षकलाई तलब नदिए कारवाही हुने चेतावनी दिएका छन्।
मन्त्री पुनका अनुसार, शिक्षा मन्त्रालयबाट विद्यालयहरूमा आवश्यक बजेट पठाइसकिएको भए पनि कतिपय विद्यालय व्यवस्थापन समितिहरू र प्रधानाध्यापकले तलब निकासा नगरेको गुनासो आएको छ।
उनले भने, “भोलीसम्ममा कुनै नाजायज वा अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकलाई तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।”
पुनले दशैं–तिहार जस्तो महत्वपूर्ण पर्वमा शिक्षकलाई अप्ठ्यारो नपार्न विद्यालय प्रशासनलाई सचेत गराएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस