Like us!
Follow us!
Connect us!
Watch us!

औपचारिक रुपमा जोडियो चमेलियाको ३० मेगावाट विद्युत्

शनिबार, २७ माघ २०७४, १९ : ११ मा प्रकाशित

औपचारिक रुपमा जोडियो चमेलियाको ३० मेगावाट विद्युत्

अर्थ संसार, काठमाडौँ –नेपाल सरकारको लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत आयोजनाले औपचारिक रुपमा आजदेखि बिजुली उत्पादन सुरु भएको छ ।

प्रदेश नं ७ मा रहेको दार्चुला जिल्लामा आयोजना स्थल रहेको ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको उद्घघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।  

आयोजनाले  व्यावसायिक उत्पादन शुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिसकेको छ ।

यस्तै दोस्रो युनिटबाट एकसाता अघि मात्र १५ मेगावाट विद्युत् उत्पादन शुरु गरेको हो । अर्धजलासययुक्त आयोजना चमेलियाबाट साँझ दैनिक ६ घण्टा पुर्ण रुपमा बिजुली उत्पादन गर्छ ।

सन् २००८ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ ।

आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ ।

८ अर्ब ३४ करोड रूपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको चमेलिया सम्पन्न गर्दा १५ अर्ब रूपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । निर्माण भएका मध्ये चमेलिया सबैभन्दा महंगो आयोजना हो ।

आयोजना १३१ किलोमिटर लम्बाईको बलाँच–अत्तरिया प्रसारणलाइन निर्माणमा २ अर्ब ५४ करोडमा सम्पन्न भएको छ ।

आयोजनाले तयार पारेका प्रसारणलाईन लगायत भौतिक संरचनाको उपयोग गरी अपि हाइड्रोपावर कम्पनी लिमिटेडको ८.५ मेगावाटको आयोजना संचालनमा आइसकेको छ ।

यस्तै माथिल्लो चमेलिया ८५ मेगावाट, मध्यचमेलिया १६ मेगावाट र कलिंगागाड ६५ मेगावाट, छत्तिगाड २५ मेगावाट आयोजनाको निर्माण शुरु हुने क्रममा छन् ।

यो वर्ष चमेलियालगात निजी क्षेत्रबाट गरी १३८ मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । यो वर्षदेखि बिजुलीको जडित क्षमता १ हजार मेगावाट नाघने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको