तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् । लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस