१. बैंकसँग प्रर्याप्त प्रविधि रहेको छ । गाउँगाउँमा छरिएको पूँजीलाई व्यवस्थित गर्न वाणिज्य वैंकहरूलाई धितोपत्र दलालको अनुमति पत्र दिनुको विकल्प रहँदैन । निश्चय पनि देशका प्रमुख व्यापारीक केन्द्रमा सहज रुपले वैंकको उपस्थिति भईसकेकाले धितोपत्रको कार्यलाई सहज रुपले उनिहरूले सर्वसाधारणको मातहतमा लैजान सक्दछन् । धितोपत्र दलालहरू राजधानी भन्दा वाहिर जान आनाकानि गरिरहेको परिस्थितिमा वैंकहरूले गर्ने धितोपत्रको कारोवार आफ्नै सञ्जालको प्रयोगमार्फत निम्न तह र तप्काका व्यापारीक केन्द्रहरूमा समेत पुग्ने निश्चित छ ।
२ लगानीकर्ताहरूले सेयर खरिदविक्रीको आदेशका लागि अनिवार्य राजधानी आउनुपर्ने अवस्थाको अन्त्य हुनु आवश्यक हुन्छ । प्रविधि, विश्वासनीयता र क्षमताको आधारमा मापदण्ड पुगेका वैंकहरूलाई दोहोरो भूमिका नपर्ने किसिमले दलालको अनुमति दिनुपर्ने देखिन्छ । वर्तमान समयमा सूचनाको पहुँच सवैतिर सहज तरिकाले पुग्ने अवस्था सिर्जना भैसकेको छ । तर, आजको अवस्थामा पनि केही अपवादवाहेक अन्य जिल्लावाट काठमाडौं आएर शेयर विक्रिका सवै प्रक्रिया पूरा गने कार्य सर्वसाधारणको औकात र पहुचभन्दा वाहिर रहेको स्पष्ट छ । यो अवस्थामा नाफा वा घाटाको सवाल गौण हुने देखिन्छ ।
३. उत्पादनशील क्षेत्र समेतलाई वजारको दायरामा ल्याउन आवश्यक छ । ठूलो लगानी भएको उत्पादन क्षेत्र पूँजी बजारको रौनकवाट आजसम्म वाहिर रहेको देखिन्छ । थोरै औधोगिक प्रतिष्ठानहरूको उपकरणहरू मात्र लगानीकर्ताका लागि उपलव्ध छ । वैंकहरूको जस्तो शाखा सञ्जाल उद्योगकालाई आवश्यक नभएकाले औधोगिक प्रतिष्ठानहरूले देशको एउटा क्षेत्रमा सीमित रहेर उद्योगहरूले वस्तु वा सेवाको उत्पादन गरिरहेका छन् । पूँजीवजारमा आवद्ध भएको खण्डमा धितोपत्रका कतिपय वाध्यात्मक व्यवस्थाले उद्योगहरूलाई पटकपटक अनिवार्य राजधानी उपस्थित हुनुपर्ने देखिन्छ । सूदुरपश्चिमको एउटा उद्योगले धितोपत्रको आवद्धतासँगै नियमित रुपमा राजधानी केन्द्रित धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज वा शेयर रजिष्टार सम्पर्क कायम गर्न कति सहज छ, त्यो आफै अनुमान गर्न सकिन्छ । अर्थात धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज वा शेयर रजिष्टारको सेवा विकेन्द्रिकृत गर्न पनि वैंकहरूमार्फत दलालको सेवा उपलव्ध हुनु आवश्यक छ ।
४. अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजी बजारको योगदानसमेत महत्वपूर्ण मानिन्छ । नेपालको अर्थतन्त्रलाई समुन्नति र विकासका लागि आवश्यक दिशानिर्देश गर्ने अवस्थामा पूँजीवजारको विकास र विस्तार हुन सकेको छैन । समग्र अर्थतन्त्रको क्षेत्रगत र भौगोलिक हिसावले पूजीवजारमा समेत लगानीका उपकरणहरू र भौगोलिक प्रतिनिधित्व कायम हुनु आवश्यक छ । अर्थात कृषि, पर्यटन, औधोगिक उत्पादन, उर्जा, सञ्चार, यातायत वा अन्य क्षेत्रको न्युनतम उपस्थिति पूँजीवजारमा सुचिकृत हुनु एउटा आवश्यकता हो । त्यसैगरी देशभरको सवै भौगोलिक क्षेत्रको योगदान रहने गरी लगानीको समुचित परिचालनसमेत अर्को आवश्यकता हो । तसर्थ अवको परिदृश्यमा पुँजी बजारले शहर र गाउँ सवैलाई समेट्नु अनिवार्य छ ।
५. एकातिर गाँउगाँउमा पुगेर आज वैंकहरूले वचत वा लगानी परिचालन गरिरहेको देखिन्छ, जसका कारण वैंकहरूको नाफा आकासिएको छ । अर्कातर्फ त्यही गाउलेको पैसा परिचालन गरी कमाएको नाफाले शहरका मोटा लगानिकर्ता मात्र पोसिनु सरासर अन्याय हुने देखिन्छ । तसर्थ लगानीको निश्चित हिस्सामा गाउँलेको पनि हक सरासर मान्य हुने व्यवस्थातर्फ अग्रसर हुनु आवश्यक छ । अर्थात बैंकहरूलाई सेयर ब्रोकरको रुपमा अनुमति दिनु नै उनिहरूको हितमा समेत एउटा सवल निर्णय हुन सक्छ ।
६. धितोपत्रको कारोवार पूर्ण डिम्याट प्रक्रियामा गईसकेको छ । यो अवस्थामा बैंकहरूलाई सेयर ब्रोकरको रुपमा अनुमति दिनु वजार पूर्ण व्यवस्थित तहमा पुग्नु अर्थात समग्र कारोवार, लगानी र उपकरणहरूको विविधिकरण गर्नु पनि हो । धितोपत्रको परिधिलाई अर्थ व्यवस्थाको मूलधारमा समेत समाहित गराउन लगानीको यो हिस्सालाई व्यापक वनाउनु आवश्यक हुन्छ । अर्थात नेपालको आर्थिक विकासका लागि पूँजी वजारको योगदानलाई सापेक्ष वनाउनु पर्ने चुनौतिलाई सामना गर्न समेत पुरानो मान्यता र प्रावधानलाई समय सापेक्ष र गतिशिल वनाउन आवश्यकता छ । पूँजी वजारको प्रतिफलले सवैलाई आकर्षित गर्ने परिस्थिति छ । तर निश्चत तह र तप्काका मानिसको मात्र सञ्जाललाई तोड्न पनि जरुरी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस