अर्थ संसार, काठमाडौँ–नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अबको एक साताभित्रमा काँग्रेस सरकारबाट बाहिरिने बताउनुभएको छ ।
नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १०औँ केन्द्रीय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै पूर्वगृहमन्त्री निधिले संघीय संसद्ले पूर्णता पाएसँगै काँग्रेसले सरकार छोड्ने बताउनुभयो ।
नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले दुग्ध विकास संस्थान धरासायी बन्दै गएकाले संस्थानको दूध उत्पादन र वितरण प्रणालीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता निधिले संघीय शासन व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस