Like us!
Follow us!
Connect us!
Watch us!

अरुण तेस्रो आयोजनामा बम विस्फोट

आइतबार, २८ माघ २०७४, १९ : २० मा प्रकाशित

अरुण तेस्रो आयोजनामा बम विस्फोट

अर्थ संसार, संखुवासभा– अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसको निर्माणाधीन भवनमा शनिबार राति बम बिस्फोट गराएका छन् ।

संखुवासभाको चिचिला गाउँपालिका–३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटपछि निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

बम विस्फोट गर्ने समूहको खोजी तीव्र पारिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । दुई वर्ष अघि पनि उक्त स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको