युनिभर्सल पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि बस्दैछ। सभा ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले हालको चुक्ता पूँजीमा ९ प्रतिशत बोनस सेयरवितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयरमा लाग्ने कर तिर्नका लागि कम्पनीले ०.४७३७ प्रतिशत नगद लाभांश पनि दिनेछ। साथै, बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने र नियामक निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। साथै आर्थिक वर्ष (आव) ०७९/८०, ०८०/८१ र ०८१/८२ को वित्तीय विवरणहरू पारित गरी ०८०/८१ र ०८१/८२ का लागि नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि तय गरिएका छन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस