एमालेका महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दललाई पन्छ्याएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले जस्तै चुनाव गराउन खोजिरहेको आरोप लगाएका छन् ।
‘जबर्जस्ती गरिने चुनाव असोज १८ पछि पूर्व जाराले गरेको नाटक जस्तै हुन्छ’ उनले भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा उनले भने,’ जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’
उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातवरण बनाउनुपर्ने बताए । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा निलँदासम्म चुनाव हुन सक्दैन,चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ । यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र हो’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस