Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन गर्ने मुख्य अजेन्डासहित प्रभु केबलकारले बोलायो वार्षिक साधारणसभा

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १० : ४५ मा प्रकाशित

आइपीओ निष्कासन गर्ने मुख्य अजेन्डासहित प्रभु केबलकारले बोलायो वार्षिक साधारणसभा

प्रभु केबलकार एण्ड टुरिजमले आफ्नो पहिलो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकले सभा आगामी पुस २६ गते काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभा दिउँसो २ः४५ बजे सुरु हुनेछ।

 सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सेयर बिक्रीबाट संकलित रकमको उपयोग सम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाबाट अनुमोदित गरिनेछ।

प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको