सेयर विश्लेषक मुक्ति अर्यालले लगानीकर्ताको मनोबल धरमराएकाले बजार घटेको बताए छन् । अर्थसंसारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
राजनीतिक अस्थिरतालाई बजारले मन नपाउने भएको अहिले नेप्सेमा त्यसको असर देखिएको उनको भनाइ छ । केन्द्रीय बैंकले सकारात्मक सुधारका काम गरेको भए पनि बजारबारे आउने नकारात्मक हल्ला तथा जेनजी आन्दोलन र व्यवसायी माथिको आन्दोलनले पनि यस्तो भएको अर्यालको भनाइ छ ।
उनले भनेका छन्,'लगानी सुरक्षीत छैन भन्ने एककिसिमको हल्ला चलेका कारण र लगानीकर्ताको मनोबल धरमराएकाले सबै सुचक सकारात्मक हुँदा पनि बजार बढ्न नसकेको हो ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस