सान्जेन जलविद्युत कम्पनी लिमिटेडका ३६ लाख ५० हजार कित्ता सेयरको लकइन अवधि आगामी कात्तिकमा समाप्त हुँदैछ। कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि २०७९ कात्तिक २९ गते सेयर बाँडफाँड गरेको थियो।
बाँडफाँडको मितिबाट तीन वर्षसम्म सेयर लकइनमा राख्नुपर्ने नियामकीय प्रावधान अनुसार ती सेयर अहिलेसम्म कारोबार गर्न नमिल्ने अवस्थामा थिए। कम्पनीका अनुसार अब सो लकइन अवधि कात्तिक २८ गते पुगेर समाप्त हुने कम्पनीले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस