Like us!
Follow us!
Connect us!
Watch us!

फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १७ : ०३ मा प्रकाशित

फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक 'जिरो कस्ट अफर' घोषणा गरेको छ। यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (PMS) को सुविधा पाउनेछन्।

यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको छ। यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहनेछ।

यो अफरमार्फत ग्राहकहरूले आफ्नो टुनल्याण्ड पिकअपको नियमित मर्मत बिना कुनै थप खर्चका सहज रूपमा गर्न सक्नेछन्।  यस अन्तर्गत एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्टहरूको निशुल्क मर्मत सेवामा समावेश गरिएको छ। यी कम्पोनेन्टहरूले गाडीको प्रदर्शन सुधार्न र दीर्घकालीन स्थायित्व कायम राख्न मद्दत गर्छन् ।

फोटोनका अनुसार यो सेवा माथि उल्लेख गरिएका कम्पोनेन्टहरूमा मात्र सीमित रहनेछ। कम्पनीले यस अफरमार्फत ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव प्रदान गर्दै, गाडीको भरपर्दो पर्फर्मेन्स मा निरन्तरता दिने उद्देश्य राखेको जनाएको छ। फोटोन टुनल्याण्ड नेपाली बजारमा शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी पिकअपका रूपमा स्थापित भइसकेको छ। यो मोडेल निरन्तर रूपमा देशका सबैभन्दा बढी बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ।

कम्पनीका अनुसार ‘जिरो कस्ट अफर’ले ग्राहक सन्तुष्टि र मूल्यमा केन्द्रित सेवा विस्तारप्रति फोटोनको प्रतिबद्धता झल्काउँछ। यस अफरले ग्राहकहरूलाई गाडी किन्न अझ सजिलो, आर्थिक र लाभदायक विकल्प उपलब्ध गराउने लक्ष्य लिएको छ। फोटोनले देशभरका ग्राहकहरूलाई नजिकको फोटोन सोरुम वा अधिकृत डिलरमा पुगेर यो अफर समाप्त हुनुअघि नै लाभ लिन आग्रह गरेको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको