Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र ‘मुगलान’ १० पुसदेखि प्रदर्शन हुने

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १२ : १६ मा प्रकाशित

चलचित्र ‘मुगलान’ १० पुसदेखि प्रदर्शन हुने

रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ । निर्माताले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै प्रदर्शन प्रदर्शनको मिति घोषणा गरेका हुन् ।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालु भावमा प्रस्तुत छिन् । यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ । फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बाँस्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह निर्माता हुन् । सहनिर्मातामा रीता चौधरी छिन् । फिल्मले युवाको परदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ । फिल्मको प्रचारप्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको