Like us!
Follow us!
Connect us!
Watch us!

रेमिटेन्स ३३.१ प्रतिशतले बढ्याे, २ महिनामा भित्रियो ३ खर्ब ५२ अर्ब

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, २० : ३९ मा प्रकाशित

रेमिटेन्स ३३.१ प्रतिशतले बढ्याे, २ महिनामा भित्रियो ३ खर्ब ५२ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना अर्थात, भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशत धेरै हो । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रेमिटेन्स आएको छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५,८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो  सङ्ख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको