Like us!
Follow us!
Connect us!
Watch us!

टोखाबाट २५ करोडसहित पक्राउ परेका लामा कारागारबाट फरार

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १३ : १२ मा प्रकाशित

टोखाबाट २५ करोडसहित पक्राउ परेका लामा कारागारबाट फरार

टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार भएका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ‘फुच्चे’ नामले पनि चिनिने लामा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट २४ भदौको राति फरार भएको खुलेको हो।

एक महिना बितिसक्दा पनि उनी न कारागार फर्किएका छन्, न त अहिलेसम्म पक्राउ परेका छन्। कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको फरार कैदीहरूको सूचीमा लामाको नाम पनि समावेश गरिएको छ।

४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ट्रकका चालक लामा पनि पक्राउ परेका थिए । ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामा पक्राउ परेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको