Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले लगानीकर्तालाई लगानी सुरक्षित भएको महसुस गराउनुपर्छ - इप्पान अध्यक्ष कार्की

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १५ : १३ मा प्रकाशित

सरकारले लगानीकर्तालाई  लगानी सुरक्षित भएको महसुस गराउनुपर्छ - इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले लगानीकर्ताहरूलाई लगानी सुरक्षित भएको महसुस गराउनसक्नुपर्ने बताएका छन्।

अर्थ संसारसँगको कुराकानीमा अध्यक्ष कार्कीले देशको राजनीतिक अस्थिरता र लगानीकर्ताको मनोबल कमजोर भएको कारणले बजारमा अपेक्षित सुधार आउन नसकेको बताए।

अध्यक्ष कार्कीले भने,'लगानीकर्ताले अहिले लगानी असुरक्षित भएको महसुस गरिरहेका छन्। देशको अस्थिर राजनीतिक अवस्था र अस्पष्ट पोलिसीका कारण लगानीकर्ताको आत्मविश्वास घटेको छ,यस्तो अवस्थामा पोलिसीले मात्र हुँदैन, सरकारले लगानी सुरक्षित छ भन्ने महसुस गराउनसक्नुपर्छ।'

उनले जलविद्युत् क्षेत्र राम्रो पोजिसनमा आइरहेको बताउदै जलविद्युत् क्षेत्रको लगानी संरक्षणका लागि सरकार थप गम्भीर बन्नुपर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको