Like us!
Follow us!
Connect us!
Watch us!

कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ?

अर्थ संसार

सोमबार, २७ असोज २०८२, ०७ : २८ मा प्रकाशित

कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर खरीदका लागि परेका बोलपत्रहरू मंगलबार खोलिने भएको छ । भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको हो । 

कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ हजार ४४३ कित्ता बाँकी बसेको थियो । यसरी बाँकी बसेको सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले कम्पनीले भदौ २९ देखि असोज १२ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री खुला गरेको थियो । उक्त अवधिभर परेका बोलपत्रहरू भोलि खोलिन लागिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको