Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्दै

अर्थ संसार

बुधबार, २९ असोज २०८२, ०७ : ३३ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्दै

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिएको छ । सीमित आवेदन स्टेशनबाट शुरू गर्न लागिएको यो सेवाका लागि आवेदन गर्न बेलुका ५ बजे अनलाइन स्लट खुल्नेछ ।

अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।


 

68eefe02eb67e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको