Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृ निकायसँग छलफल

अर्थ संसार

बुधबार, २९ असोज २०८२, ११ : ३८ मा प्रकाशित

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृ निकायसँग छलफल

अमेरिकाको  वासिङटन डीसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन गएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विभिन्न मुलुक र संस्थासँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।

असोज २९ गते उनले संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल–अमेरिका बीचको आपसी व्यापार तथा लगानी प्रवर्द्धनका विषयमा छलफल गरेका थिए। उक्त अवसरमा उनले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम को म्याद थप गर्न विशेष आग्रह गरेका थिए। त्यसैगरी, अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिहरूसँग दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको थियो।

अर्थमन्त्री खनालले साउदी फन्ड फर डेभलपमेन्ट र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपालमा पूर्वाधार तथा मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे। जापान सहयोग नियोगका प्रतिनिधिहरूसँगको छलफलमा बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङमार्ग र कोटेश्वर सडकखण्ड आयोजना शीघ्र सम्पन्न गर्ने विषयमा जोड दिइएको थियो। त्यसैदिन अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया–प्रशान्त क्षेत्रका निर्देशक कृष्णा श्रीनिवासनसँग भेटवार्ता गरी नेपालमा सञ्चालित विस्तारित कर्जा कार्यक्रमको निरन्तरता, नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन तथा वित्तीय स्थायित्व कायम गर्ने विषयमा गहन छलफल गरे।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि सहभागी थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको