Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीलाई निःशुल्क सेयर दिने सहमति भएको छैन – भोटेकोशी पावर कम्पनी

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १३ : ४२ मा प्रकाशित

जेनजीलाई निःशुल्क सेयर दिने सहमति भएको छैन – भोटेकोशी पावर कम्पनी

भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई निःशुल्क १० प्रतिशत सेयर दिने गरी कुनै सम्झौता नभएको स्पष्ट पारेको छ । कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो ।

जेनजीका नाममा निःशुल्क  सेयर दिने गरी सहमति भएको समाचार आएपछि कम्पनीले स्पष्टीकरण दिँदै भनेको छ,‘भोटेकोशी पावर कम्पनी प्रा.लि. र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच कुनै पनि प्रकारको निःशुल्क सेयर लिने–दिने सहमति भएको छैन।’

भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको १० प्रतिशत सेयर खरिद गर्ने सहमति भएको छ। दुवै कम्पनीबीच २०८२ असोज २६ गते भएको सम्झौता अनुसार, जेनजीले उक्त सेयर किन्न आवेदन दिन सक्नेछ।  सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित  सेयर खरिद गर्न चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि भोटेकोशीले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको छ ।

‘निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आयोजना भएकाले भोटेकोशी पावर कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट १० प्रतिशत सेयर वापत पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सो ऋण र ब्याज तिर्नका लागि प्रयोग गरिने सहमति भएको हो।’विज्ञप्तिमा उल्लेख छ ।

जेनजी समूहले निःशुल्क  सेयर माग गर्दै आयोजना बन्द गरेका थिए । एक महिनादेखि बन्द गरिएको भोटेकोशी जेनजी पब्लिक ईन्भेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनीबिच असोज २६ गते निःशुल्क सेयरमा पैसा तिर्ने सहमति भएपछि आयोजना सञ्चालनमा आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको