Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तको सेयर कारोबार रोक्का

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, ०७ : ४१ मा प्रकाशित

समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समाज लघुवित्त वित्तीय संस्था र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।

यी दुई लघुवित्त संस्थाबीचको गाभ्ने–गाभिने प्रक्रिया पूरा भई कात्तिक २ गतेदेखि ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नाममा एकीकृत कारोबार सुरु गर्ने तयारी भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार, ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम दुबै संस्थाको सेयर कारोबार कात्तिक २ गतेदेखि नै लागू हुनेगरी रोक्का गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको