Like us!
Follow us!
Connect us!
Watch us!

आवश्यक कदम चाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हुँ, सुशीलाको नाम सिफारिस गरेको प्रमाण देखाउन ओलीको चुनौति

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १५ : ४६ मा प्रकाशित

आवश्यक कदम चाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हुँ, सुशीलाको नाम सिफारिस गरेको प्रमाण देखाउन ओलीको चुनौति

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले राष्ट्रपतिलाई आवश्कय कदम चाल्नका लागि मात्रै सिफारिस गरेको बताएका छन् । आज सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सुशीलालाई आफूले सिफारिस गरेको प्रमाण देखाउन प्रचण्डलाई चुनौति दिएका हुन् । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताएका छन् । सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको स्वीकारोक्ति उनले गरे । उनले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति दिए ।

‘मैले लेखेको भाषामा सुशीला कार्की कतै सुन्नुभयो? यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन । मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन। कुनै बेला निस्किएला नि,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको