अर्थ संसार, काठमाडौं सिद्धार्थ बैंक लिमिटेडको बुधबारदेखि १० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला भएको छ ।
बैंकले ६८ लाख २६ हजार १ सय १७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । लगाीकर्ताले आगामी चैत्र ६ गतेसम्म आवेदन दिन सक्नेछन ।
माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले आवेदन दिन पाउनेछन् । किन कि माघ २२ गते बुक क्लोज गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस ४ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो । सद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा गरेको छ ।
कहाँबाट आवेदन दिने ?
बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस