लोकप्रिय गायिका नितु पौडेलको निधन भएको छ। पौडेलको आज बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।
गत शनिबार उनी गायक बाबुल गिरीको स्टुडियोमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन्। त्यही दिन प्रहरी र आसपासका व्यक्तिहरूले उनलाई उद्धार गरी तत्कालै अस्पताल पुर्याएका थिए। तर, गम्भीर रूपमा जलिएकी पौडेललाई बचाउन सकिएन।
उनको मृत्युपछि परिवारले घटनालाई सामान्य आत्महत्या नभएको दाबी गरेको छ। नितुका दाइ गणेश पौडेल ले गायक बाबुल गिरीमाथि आत्महत्या दुरुत्साहन र योजनाबद्ध हत्या गरेको आरोप लगाउँदै जाहेरी दर्ता गराएका छन्।
गायक गिरीलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएर सोधपुछ गरिसकेको छ। प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा केही महत्वपूर्ण तथ्यहरू प्राप्त भएका छन्, तर निष्कर्षमा पुग्न अझ केही समय लाग्नेछ।
पौडेलले पछिल्ला वर्षहरूमा थुप्रै लोक र आधुनिक गीतहरूमा स्वर दिएकी थिइन्। उनी संगीत क्षेत्रमा सक्रिय, सरल स्वभावकी गायिका मानिन्थिन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस