Like us!
Follow us!
Connect us!
Watch us!

हायात होटलको सेवा बन्दबारे प्रधानमन्त्री सुशीला कार्कीको चासो,अर्थमन्त्री खनालले व्यवस्थापनलाई सेवा निरन्तरता दिन आग्रह

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, ११ : १५ मा प्रकाशित

हायात होटलको सेवा बन्दबारे प्रधानमन्त्री सुशीला कार्कीको चासो,अर्थमन्त्री खनालले व्यवस्थापनलाई सेवा निरन्तरता दिन आग्रह

हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको विषयले सरकारको ध्यान खिचेको छ। प्रधानमन्त्री सुशीला कार्कीले यस घटनाप्रति चासो व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान हायात रिजेन्सी होटलका व्यवस्थापन प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेका छन्। उनले होटलले सामना गरिरहेको सुरक्षासम्बन्धी समस्याबारे जानकारी लिँदै सरकारले आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको बताएका हुन्।

‘आत्तिनु पर्दैन, सेवा सुचारु गर्नुहोस्’ — अर्थमन्त्री खनाल

कुराकानीका क्रममा अर्थमन्त्री खनालले होटलका प्रतिनिधिलाई ढाडस दिँदै भने,
“तपाईंहरू आत्तिनु पर्दैन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी सरकारका तर्फबाट पूर्ण सुरक्षाको प्रत्याभूति दिन्छौं। विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।”

उनले सरकार होटल उद्योग र त्यसमा संलग्न श्रमिकहरूको सुरक्षाप्रति गम्भीर रहेको पनि स्पष्ट पारे।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हायात होटल व्यवस्थापनसँग आइतबार औपचारिक छलफल गरी सेवा पुनः सञ्चालनका लागि आवश्यक सरकारी पहल अघि बढाइनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको