थाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुनःउडान शुरू गर्ने भएको छ । आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान हुन लागेको हो ।
थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ । यसैगरी, सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो । तर, चैतबाट उडान रोकिएको थियो । कात्तिकबाट फेरि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एशियाले उडान शुरू गर्न लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस