Like us!
Follow us!
Connect us!
Watch us!

लुलु एक्सचेन्जको आकर्षक अफरः १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र कार जित्ने अवसर

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १८ : ०३ मा प्रकाशित

लुलु एक्सचेन्जको आकर्षक अफरः  १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र कार जित्ने अवसर

युएईको अग्रणी तथा विश्वासिलो वित्तीय संस्था लुलु एक्सचेन्जले यस वर्षको पर्वमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो सुन, दुईवटा मेगा पुरस्कार कार र फुटबल स्टार लियोनेल मेसीले हस्ताक्षर गरेको अर्जेन्टिनाको जर्सी जित्ने अवसर पाउनेछन्।

अफर अवधिभित्र नेपाल पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। यो अफर २०२५ नोभेम्बर २२ सम्म लागू रहनेछ।

विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ, लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरुमा लोकप्रिय बनेको कम्पनीले जनाएको छ ।

युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउन, मुद्रा विनिमय र भुक्तानी समाधान जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको