Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत २१ कम्पनीले घोषणा गरे लाभांश, कति दिँदैछन् बोनश र नगद ?

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, ०९ : ५९ मा प्रकाशित

सूचीकृत २१ कम्पनीले घोषणा गरे लाभांश, कति दिँदैछन् बोनश र नगद ?

गत आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट हालसम्म २१ वटा सूचीकृत कम्पनीहरूले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन्। तीमध्ये वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर र माइक्रोफाइनान्स क्षेत्रका कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्। 

नेपाल स्टक एक्चेञ्जमा कारोबार हुँदै आएका १९ वटा वाणिज्य बैंकहरूमध्ये सात वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। 

कुनको कति  ?

हाल लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा धेरै प्रतिफल दिने बैंकहरूमा एभरेष्ट बैंक छ । यस बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरूलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरि जम्मा २० प्रतिशत लाभांश घोषणा गरेको छ । स्ट्यान्डर्ड चार्टर्डले १९ प्रतिशतको नगद लाभांश दिने घोषणा गरेको छ ।

नेपाल स्टक एक्चेञ्जमा कारोबार हुँदै आएका १९ वटा वाणिज्य बैंकहरूमध्ये सात वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। त्यससँगै क्रमशः माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । त्यस्तै, गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७.३७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यसैगरी, सिटिजन्स बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरि ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५६ प्रतिशत लाभांश घोषणा गरेको हो । साथै, ग्लोबल आइएमई बैंकले ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सानिमा बैंक र ग्लोबल आइएमई बैंकका लगानीकर्ताले यस वर्ष नगद लाभांश मात्रै प्राप्त गर्नेछन् । 

विकास बैंकमा कुनको  कति ?

नेप्सेमा सुचिकृत १५ वटा विकास बैकमध्ये गत आवको मुनाफाबाट हालसम्म ४ वटा विकास बैंकहरूले मात्रै सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छन् ।

जसमा मुक्तिनाथ, कामना सेवा, गरिमा र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् । ४ बैंक मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनस गरि जम्मा १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

त्यस्तै, गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश रहेको छ । साथै, मितेरी डेभलपमेन्ट बैंकले समेत आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको