Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् सेयर ?

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, १२ : ४६ मा प्रकाशित

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् सेयर ?

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट यही बुधबार हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले कात्तिक १२ गते बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो।

गोलाप्रथाबाट बाँडफाँट गर्दा २ लाख ५१ हजार ४९ जना भाग्यशाली आवेदकले सेयर पाउनेछन्। यसमध्ये ३ जना आवेदकले १-१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन्।

आईपीओमा आवेदन दिएका कुल १६ लाख ९१ हजारभन्दा बढी लगानीकर्ताको हात भने खाली रहनेछ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको