Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङमा भिषण हिमपात

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १० : २८ मा प्रकाशित

मुस्ताङमा भिषण हिमपात

मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् ।

मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको छ । मुक्तिनाथ मन्दिर वरपर तीन फिटभन्दा बाक्लो हिउ परेको सुमन कार्कीले बीमापोष्टलाई जानकारी दिए । बाक्लो हिमपातको कारण मन्दिरसम्म जान समेत कठिन अवस्था रहेको छ ।

उता, जोमसोममा समेत हिमपात सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बाक्लो हिमपात भइरहेकोले मुस्ताङ पदयात्रामा ननिस्कन आग्रह गरेको छ । मुक्तिनाथमा पुगेकी निशा थापाले बाक्लो हिमपात भएको र हिउँ पर्ने क्रम जारी रहेको जनाएकी छिन् । त्यहाँ पुगेका सवारी साधन तथा मोटरसाइकल समेत निकाल्नै नमिल्ने गरी हिउँले ढाकेको अवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको