Like us!
Follow us!
Connect us!
Watch us!

४९.६० प्रतिशतले बढ्यो नेपाल शालिमार सिमेन्टको व्यापार

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १२ : ५६ मा प्रकाशित

४९.६० प्रतिशतले बढ्यो नेपाल शालिमार सिमेन्टको व्यापार

नेपाल शालिमार सिमेन्टको व्यापार सन् २०२५ मा ९४ करोड १० लाख रुपैयाँ पुगेको छ। जुन सन् २०२४ को तुलनामा ४९.६० प्रतिशतले बढी  हो । कम्पनीले सन् २०२४ मा ६२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।  सन् २०२३ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ६ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको चालु पुँजी इन्टेन्सिटी विगतदेखि उच्च रहँदै आएको छ। सन् २०२४ मा खुद चालु पुँजी र सञ्चालन आम्दानीको अनुपात ६३ प्रतिशत थियो भने गत आवमा यो अनुपात ३१ प्रतिशतमा झरेको छ।

सन् २००३ मा स्थापना भएको नेपाल शालिमार सिमेन्टले वार्षिक ५ लाख ४५ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनी शालिमार ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको छ र ग्रुपका ५ जनाको स्वामित्वमा रहेको छ।कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी सातवटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ भने पीएसजी सिमेन्ट विभिन्न आठवटा ब्रान्डमा बिक्री वितरण हुँदै आएको छ।

त्यसैगरी, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४५ करोड रुपैयाँको रेटिङ गराएको छ। यसमा दीर्घकालीन कर्जा ६१ करोड रुपैयाँ र अल्पकालीन कर्जा ८४ करोड रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको