Like us!
Follow us!
Connect us!
Watch us!

धवलागिरि, म्याग्दी कालिका जलविद्युत् आयोजनामा ६ बैंकले ३ अर्ब १० करोड लगानी गर्ने

बुधबार, ०२ फागुन २०७४, १६ : १८ मा प्रकाशित

धवलागिरि, म्याग्दी कालिका जलविद्युत् आयोजनामा ६ बैंकले ३ अर्ब १० करोड लगानी गर्ने

अर्थ संसार, काठमाडौं– म्याग्दीमा आयोजना स्थल रहेको धवलागिरि, म्याग्दी कालिका जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न ६ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

कुल २५ मेगावाट क्षमताको सो आयोजनामा सानिमा बैंकले रु ७५ करोड, प्रभु बैंकले रु ७५ करोड, सेञ्चुरी बैंकले रु ५० करोड, कुमारी बैंकले रु ६० करोड लगानी गर्ने भएका छन् । यस्तै महालक्ष्मी विकास बैंकले रु २५ करोड र मुक्तिनाथ विकास बैकले रु २५ करोड लगानी गर्ने भएका छन् ।

लगानी सम्झौतामा आयोजनाका तर्फबाट विनोद कुँवर र सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गर्नुभयो ।

आयोजनामा गैरआवासिय नेपाली संघ दक्षिण कोरिया र दक्षिण कोरियामा कार्यरत नेपालीको लगानी रहनेछ । स्थानीयले आयोजनामा रु ५० करोड लगानी गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको