सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र सवार रहेको र दुर्घटनापछि हेलिकप्टरमा क्षति पुगेको र पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धार टोली पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस