Like us!
Follow us!
Connect us!
Watch us!

कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन - प्रधानमन्त्रीको सचिवालय

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, ११ : ३२ मा प्रकाशित

कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन - प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्रीलाई नहटाइने बताएको छ । प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको हो । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन,’ प्रेस विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको उल्लेख गरिएको छ । 
 

6902fc894b24d.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको