अर्थ संसार, काठमाडौँ– आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ ।
नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो ।
करणले ४ छक्का र चार चौकाको मद्दतले अविजित ४२ रन जोडेपछि नेपालले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो ।
त्यस्तै ज्ञानेन्द्र मल्लले नौ, दिलिप नाथले ४१, दिपेन्द्र ऐरले १८, सरिफ शेषले २६, रोहितकुमार पौडेलले २७ र सन्दिप लामिछानेले पाँच रन बनाएका थिए । जितसँगै समूह विजेता बन्दै नेपाल विश्वकप छनोट खेल्न पुग्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।
क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए ।
त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस