Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति कार्यालय तोडफोडमा संलग्न ३ जना पक्राउ

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १३ : १९ मा प्रकाशित

राष्ट्रपति कार्यालय तोडफोडमा संलग्न ३ जना पक्राउ

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा, र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। आरोपअनुसार उनीहरूले जेनजी आन्दोलनका बेला राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र आगजनी गर्दै सरसामान चोरी गरेका थिए।

प्रहरीका अनुसार उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाइफाइ राउटर लगायतका सामग्री बरामद भएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको