अफगानिस्थानको मजार–ए–शरीफमा मध्यरातमा ६.३ म्याग्निट्यूडको भूकम्प गएको छ । भुकम्पमा परेर ८ जनाले ज्यान गुमाएको बताइएको छ ।
उक्त भूकम्पको केन्द्रविन्दु जमीनको सतहबाट २८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सम्बन्धी निकाय यूएसजीएसले जनाएको छ । उक्त भूकम्पमा परी आठ जनाले ज्यान गुमाएको र सैयौं घाइते भएको जनाइएको छ ।
मजार–ए–शरीफ सहरमा पाँच लाखभन्दा धेरै मानिसहरू बसोबास गर्ने जनाइएको छ । अफगानिस्तानका सरकारी अधिकारीहरूले मानिसहरूको उद्धार र भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस