Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल भुक्तानीमा उछाल - दुई महिनामा ६ खर्ब बढीको भुक्तानी

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १२ : ०९ मा प्रकाशित

डिजिटल भुक्तानीमा उछाल - दुई महिनामा ६ खर्ब  बढीको भुक्तानी

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यु–आर कोड भुक्तानीमार्फत गरिएको कारोबार कुल ६ खर्ब ५७ अर्ब ७० करोड पुगेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेका छन्।

त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड १० लाख वटा कारोबारमार्फत १ खर्ब १ अर्ब २३ करोड कारोबार भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको