Like us!
Follow us!
Connect us!
Watch us!

दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, ०७ : ०३ मा प्रकाशित

दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलालीमा दुई जना भारतीय नागरिक २८ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । आज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन ११७५ नंको कारमा जाँच गर्दा त्यसमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको