Like us!
Follow us!
Connect us!
Watch us!

माधवनारायण नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, ११ : ३९ मा प्रकाशित

माधवनारायण नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी

रौतहटको माधवनारायण नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी परेको छ । नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव र प्रमुख प्रशासकीय नागेन्द्र राय यादवले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । 

सोही नगरपालिकाका स्थानीय आशुतोश कुमार यादवले दिएको उजुरीमा मेयरले आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत ल्याएर बजेटमा अनियमितता गरेको, नक्कली बिलको आधारमा भुक्तानी गरेको र सरकारी सम्पत्तिको दोहन गरेको आरोप लगाइएको छ ।

उजुरी पत्रमा ठेक्का प्रक्रियामा हिनामिना गरेको, १० देखि ५० प्रतिशतसम्म कमिशन माग्ने गरेको, फर्जि बिल बनाएर बजेट दुरुपयोग गरेको, कमसल सामान किनेर १० गुणासम्म बिल बनाई भर्पाइ गरेको आरोप लगाइएको छ । त्यसैगरी सवारी साधन र इन्धनको दोहन गरेको, निजी जग्गामा मन्दिर बनाएर नगरपालिकाको बजेट भुक्तानी गरेको, सामाजिक सुरक्षा भत्तामा मनपरी गरेको, नगरपालिकामा आफू निकटलाई भर्ति गरेको र छात्रावृत्तिको रकममा समेत अनियमितता गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको