Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो सूचिकृत कम्पनीको वर्गिकरण, ‘क’ वर्गमा को को परे ? (सूचिसहित)

विहीबार, ०३ फागुन २०७४, ११ : ५३ मा प्रकाशित

नेप्सेले गर्यो सूचिकृत कम्पनीको वर्गिकरण, ‘क’ वर्गमा को को परे ?  (सूचिसहित)

नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको कम्पनीको वगिकरण सार्वजनिक भएको छ । २०६ वटा कम्पनीहरुमध्ये ११० कम्पनी नेप्सेको सूचिकरणमा  ‘क’ समूहमा परेका छन् । 

धितोपत्र सूचिकरण विनियमावली,२०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्त अनुसार सूचिकृत कम्पनीहरुको वर्गिकरण गरिएको हो ।

नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन् ।

वर्गिकरण  गर्ने आधार के ?

साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, चुक्ता पुँजी २ करोड भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ ।

5a853a8d9893b.jpg 5a853ad32f646.jpg 5a853b07cf152.jpg 5a853b285aca8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको