Like us!
Follow us!
Connect us!
Watch us!

एमालेमा हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए पुग्छ - किसान श्रेष्ठ

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, ११ : ५२ मा प्रकाशित

एमालेमा हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए पुग्छ - किसान श्रेष्ठ

नेकपा एकीकृत समाजवादी पार्टीबाट नेकपा एमालेमा फर्किने तयारीमा रहेका नेता किसान श्रेष्ठले आफूहरूलाई कुनै पदको चाहना नरहेको बताएका छन्। उनले आफूहरू निशर्त रूपमा पार्टीको मूल घरमा फर्किन लागेको स्पष्ट पारे।

आज आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको बताए । 

उनले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं । हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं। हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस्।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको