कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भूसालबीच नयाँ कम्युनिस्ट केन्द्र बनाउने समझदारी भएको छ।
शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच छलफल भएको थियो। कम्युनिस्ट पार्टीका नेपालका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार नयाँ कम्युनिस्ट केन्द्र बनाउन मिलेर जाने सैद्धान्तिक समझदारी ३ नेताबीच भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस